चीनले बनायो विश्वको कुनै पनि कुनामा दुई घण्टामा पुग्न सकिने जेट इन्जिन !


एजेन्सी । चीनका वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन बनाएको दाबी गरेका छन् । उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६ फ्लाइटका लागि यो इन्जिन प्रयोग हुने जनाइएको छ । अर्थात् यो जेट इन्जिन ध्वनीको गतिभन्दा १६ गुणा छिटो छ ।

बेइजिङको हाइपरसोनिक विन्ड टनेलमा यस जेट इन्जिनको परीक्षण गरिएको थियो र उक्त परीक्षण सफल भएको चाइनिज जर्नल अफ एरोनटिक्समा उल्लेख गरिएको छ । चाइनिज एकेडेमी अफ साइन्सेस इन्स्टिट्युट अफ मेकानिक्सले यस जेट इन्जिन निर्माण गरिरहेको हो । यसका प्रमुख वैज्ञानिक जियाङ जोङलिनका अनुसार यस जेट इन्जिन प्रयोग भएको विमान धावनमार्गबाट उडेर पृथ्वीको कक्षसम्म पुग्नसक्ने र फेरि विमानस्थलमा अवतरण गर्नसक्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]