झापाली समाजको सुमधुर सांगीतिक साँझ भव्यतापूर्वक सम्पन्न


singerअष्ट्रेलियाको सिड्नीमा झापाली समाजले आयोजना गरेको सुमधुर सांगीतिक साँझ सम्पन्न भएको छ । करिब ४ सय दर्शकको उपस्थितिमा हर्सटभिलस्थित मराना अडिटोरियममा अयोजित सुमधुर सांगीतिक साँझमा वरिष्ठ श्रष्टाहरुका कालजयी गीत घन्किएको थियो । यी गीतलाई आवाज दिएका थिए गायक आशिष श्रेष्ठ, ईश्वर पोखरेल, राजकुमार गोश्वामी, मोक्षदा सिलवाल र विभू थपलियाले । देशको भूगोलभन्दा यति टाढा पूरै साँझ नेपाली कालजयी गीतहरुमा रमेको थियो भने दर्शकहरुबाट पाएको वाहवाहीले गायकहरुले फरक अनुभूति गरेका थिए । नारायणगोपाल, भक्तराज, तारादेवी, गुलाम अली, अरुण थापाका गीतहरुमा दर्शक बढी झुमेका थिए ।दर्शकहरु पनि गायकको सुमधुर स्वरमा, संगीतमा मन्त्रमुग्ध देखिन्थे । कार्यक्रमको सुरुमा झापाली समाज अष्ट्रेलियाले आफ्नो जिल्लाको परिचयसहित अहिलेसम्म गरेका काम कारवाहीको विषयमा जानकारी दिँदै रिपोर्ट प्रस्तुत गरेका थियो । ishworयस लगत्तै सुमधुर सांगीतिक साँझलाई सफल बनाउनका निम्ति सहयोग गर्ने प्रायोजकहरुलाई सम्मान गरिएको थियो । अतिथिहरुलाई सचिव भूपाल सिटौलाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन खगेन्द्र सिटौलाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै झापाली समाज अष्ट्रेलियाका संरक्षक भवानी ओलीले झापालीहरुले उदाहरणीय कार्य गरेको र यसलाई देशका अन्य ७५ जिल्लाका नेपालीहरुले पनि अनुकरण गर्न सके जन्भूमिको विकसमा केही योगदान गर्न सgoswamiकिने बताउनुभयो । यस्तै संस्थाका अध्यक्ष दिनेश पोखरेलले सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो भने संस्थाको उद्देश्यमा प्रतिबद्ध हुँदै मातृभूमिको सेवामा समर्पित हुन सबैमा आह्वान गर्नुभयो । कार्यक्रमको संयोजन भुपेन्द्र चुडालले गर्नुभएको थियो । उहाँले कार्यक्रमको सञ्चालन समेत गर्दै एकल नाटक प्रदर्शन गर्नुभएको थियो, नाटकमा देशको सेवा कसरी गर्न सकिन्छ भन्ने भाव व्यक्त भएको थियो । झापाका विभिन्न क्षेत्र र ठाउँको भौतिक विकासका निम्ति खर्च गर्नेगरी निर्माण गर्न लागिएको ५० लाख रुपैयाँको अक्षयकोषमा सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।mokshda

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]