सौगात विष्टको नाममा कान्छो निर्देशकको विश्व रेकर्ड, अझै नयाँ फिल्म निर्देशन गर्ने लक्ष्य


saugatविश्वकै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गर्ने रेकर्ड नेपालका सौगात विष्टले बनाएका छन् । एक कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्ड्स्बाट पाएको विश्वकै कान्छा निर्देशक भएको प्रमाणपत्र उनले देखाए । आठ वर्षका निर्देशक विष्टले ‘लभ यु बाबा’ नामक चलचित्र निर्देशन गरेका थिए । उक्त चलचित्रको मङ्सिर २६ गते प्रदर्शनी गरिएको थियो । सम्झना पोखरेल निर्माता रहनुभएको सो चलचित्रमा निर्देशकका पिता गजित विष्ट र दिदी संगम विष्टको मुख्य भूमिका रहेको छ । डिल्लीबजारस्थित सूर्यदेव ज्योति विद्यालयमा कक्षा २ मा अध्ययनरत विष्ट आगामी दिनमा समेत चलचित्र निर्देशन गर्ने लक्ष्य रहेको बताउँछन् । उनले आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई दर्शकले त्यति नरुचाएपनि पुनः चलचित्र निर्देशनलाई भने निरन्तरता दिने बताए । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विष्ट राष्ट्रको गौरव भएको बताउँदै उनको चलचित्रलाई पुनः प्रदर्शनी गर्न सरकारी निकायबाटै पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विष्टका पिता गजित विष्टले छोराले पहिलो पटक चलचित्र निर्देशन गर्ने भनेको सुन्दा आफूलाई पत्यार नलागेको भएपनि अहिले विश्वमा नै रेकर्ड राख्दा आपूm अत्यन्त खुशी भएको बताउनुभयो । निर्देशक विष्ट पहिलो पटक एउटा विज्ञापनमा खेलेर यस क्षेत्रमा लागेका थिए । पाँच वर्षकै उमेरमा उनले ‘जन्मभूमी’ नामक चलचित्रमा अभिनय गरेका थिए । परिवार नै चलचित्रको क्षेत्रमा लागेकाले पनि आफ्नो रुचि यसतर्फ बढी रहेको उनले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]