राष्ट्रसङ्घीय महासचिव आजबाट सुरु हुने ह्वाइट हाउस सम्मेलनमा सहभागी हुने


White House Fenceसयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन संयुक्त राज्य अमेरिकाको ह्वाइट हाउसमा हुन लागेको आतङ्कवाद विरोधी विश्व सम्मेलनमा सहभागी हुनुहुने भएको छ । सो जानकारी संयुक्त राष्ट्रसङ्घका उपप्रवक्ता फराहन हकले दिनुभएको छ । संयुक्त राज्य अमेरिकाले सो सम्मेलनको आयोजना गरेको हो । ह्वाइट हाउस सम्मेलन नाम दिइएको सो सम्मेलन हालैका दिनमा विश्वमा देखा परिरहेको मुस्लिम अतिवादी समूह (आइएस) का विरुद्धमा गरिने आवश्यक कारबाहीको रणनीतिका लागि आयोजना गरिएको हो । हकले मङ्गलबार प्रकाशन गर्नुृभएको विज्ञप्तिमा भन्नुभएको छ– उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव मुन सहभागी हुनुहुने छ र सो सम्मेलनमा उहाँले आतङ्कवाद विरुद्धको विश्वव्यापी कारबाहीका लागि आवश्यक सम्बोधन गर्नुहुने छ । आजबाट सुरु हुने सो सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । विश्वका विभिन्न देशहरुको उपस्थिति र सहभागितामा हुने सो सम्मेलनमा आतङ्कवाद विरुद्ध गरिने कार्य र सहकार्यका विभिन्न कार्यक्रमहरुको बारेमा छलफल हुने छ । केही महिनायतादेखि सिरिया र इराक तथा युरोपेली देशमा समेत आइएसका हिंसात्मक क्रियाकलाप बढ्दै गएको छ । गत महिनामात्र आइएसले फ्रान्सको राजधानी पेरिसमा गरेको आक्रमणमा पत्रिकाका सम्पादकसहित १५ जनाको ज्यान गएको थियो । त्यसयता युरोपेली देशमा पनि यस्तो प्रकृतिको आक्रमणको त्रास फैलिएको छ । त्यसैले अमेरिकाले आइएसका विरुद्ध लड्नका लागि विश्वका कतिपय देशहरुले सहकार्य गरेका छन् । दुई दिनमात्र अघिपनि डेनमार्कमा यस्तै हमला भएको थियो । त्यो गोलीप्रहारमा परी २ जनाको ज्यान गएको थियो । तर यसको कारण र व्यक्ति नखुलेको भए पनि आक्रमणमारी सङ्कास्पद भएकोले आक्रमणकारी आइएसकै व्यक्ति भएको अनुमान गरिएको थियो । अहिले आइएसका विरुद्ध कतिपय विश्वका देशहरुले अमेरिकी नेतृत्वमा आइएस विरुद्ध आक्रमण गरिरहेका छन् । इराकमा हवाई आक्रमण जारी रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]