हडताल गर्न पाउने अधिकारलाई मौलिक अधिकारमा समावेश गर्नुपर्ने माग, यो अधिकार नदिए श्रमिकहरू दासमा परिणत हुने


bishnuदेशमा बारम्बार भइरहेका आम हडताल र आन्दोलनबाट आर्थिक क्षेत्र तहसनहस भएको भन्दै सत्तारुढ दलहरू नेपाली काँगे्रस र नेकपा एमालेले विपक्षी दलहरूलाई हड्ताल र आन्दोलन नगर्न हारगुहार गरिरहेको बेला उनीहरूका भातृ सङ्गठन नेपाल टे«ड युनियन काँग्रेस र नेपाल टे«ड युनियन महासङ्घले हड्ताल गर्न पाउने श्रमिकको अधिकारलाई नयाँ संविधानमा मजदूरहरूको मौलिक अधिकारको रुपमा समावेश गर्नुपर्ने माग गरेका छन् । फेब्रुअरी १८ अर्थात विश्व आम हडताल दिवसका उपलक्षमा नेपाल टे«ड युनियन काँग्रेस र नेपाल टे«ड युनियन महासङ्घले आयोजना गरेको ‘हडतालको अधिकार नदिए हामी सबै दास हुन्छौँ’ शीर्षकको अन्तरक्रियामा सो महासङ्घका अध्यक्ष विष्णु रिमालले शासक बर्ग र पूँजीपति वर्ग शोषण र अत्याचारविरुद्ध श्रमिक एक भई आम हडताल गर्न पाउने अधिकार नेपालमा विस्तारै निष्तेज गर्न खोजिएको भन्दै यदि यो अधिकार गुमायौं भने श्रमिकहरू दासमा परिणत हुने बताउनुभयो । उहाँले देशलाई आवश्यक राजनीतिक र आर्थिक अधिकारलाई कुण्ठित गर्ने काम भएको अवस्थामा आम हडताल बाध्यकारी हुने बताउनुभयो । नेपाल टे«ड युनियन काँग्रेसका उपाध्यक्ष रामजी कुँवरले विश्वका ९० भन्दा बढी देशको संविधानमा आम हडताललाई श्रमिकको मौलिक हकको रुपमा राखिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय टे«ड युनियन महासङ्घको जनरल काउन्सिलले फेब्रुअरी १८ लाई हडतालको अधिकार रक्षा गर्न ग्लोबल एक्सन डेको रुपमा मनाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]