युरोपियन च्याम्पियन्स लिग- बार्सिलोना र चेल्सी अन्तिम १६ मा

एजेन्सी । युरोपियन च्यानम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएका खेलमा जीत निकाल्दै इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । गएराती भएको खेलमा चेल्सीले फ्रान्सको रेन्नेसमाथि जीत निकाल्दा बार्सिलोनाले युक्रेनको क्बल डाइनामो केइभमाथि जीत निकालेको थियो ।

चेल्सीले रेन्नेसमाथि २–१ को संघर्षपूर्ण जीत दर्ता गरेको थियो भने बार्सिलोनाले डाइनामो केइभलाई ४–० गोल अन्तरले हराएको हो ।

रेन्नेसको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रान्सका ओलिभर जिरूड र हड्सन ओडोइले १/१ गोल गरेका थिए । त्यस्तै, बार्सिलोनाको जीतमा डिफेन्डर सर्जिनो डेस्ट र एन्टोइन ग्रिजमनले १/१ गोल गर्दा मार्टिन ब्रेथवेटले २ गोल गर्न सफल भए ।

गएराति नै भएका अन्य खेलहरूमा सेभिल्ला, म्यानचेस्टर युनाइटेड, पीएसजी, लाजियो, बोरूसिया डर्टमण्ड र युभेन्टसले आ–आफ्नो खेलमा जीत हात पारेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?