सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु !

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा सप्तरीका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । राजविराज(४ का पुरुषको मंगलबार दिउँसो सवा १२ बजे मृत्यु भएको हो । मृतक पुरुषमा दीर्घ रोग रहेको अस्पतालले बताएको छ । उनलाई म‌ंसिर १ गते कोरोना पुष्टि भई सोही दिन अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ११२ पुगेको छ । सप्तरीमा मृत्यु हुनेको संख्या २१, उपचाररत ४१, संक्रमणमुक्त १९ सय ४१ र कुल संक्रमित १ हजार ९७५ छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?