अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झन्डा देखाइयो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाइएको छ । लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले कालो झन्डा देखाएको हो ।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले तिनाउ पुल नजिकै उनलाई कालो झन्डा देखाएका थिए । सडकमा बाक्लो सङ्ख्यामा रहेका उनीहरुले नाराबाजीसमेत गरेका थिए । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?