
काठमाडाैँ । नेपालकी १८ वर्षीया सपना रोका बिबिसीले तयार पारेको प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पर्न सफल भएकी हुन् ।
बिबिसीले मंगलबार उनको नाम सहितको सूची प्रकाशन गरेको छ । सपना वेबारिसे मानिसहरूको शव जलाउने काम गर्छिन् ।
सपनासहित उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह तथा सारा गिल्बर्ट पनि समावेश भएका छन् ।