फोटोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको ताप्लेजुङ भ्रमण !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ को घुन्सामा घुन्सा फाउण्डेशनले निर्माण गरेको स्वास्थ्य एकाइ भवन उद्घाटन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली घुन्सा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलगायत घुन्सा पुगेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?