२४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु, ३ हजार ४३ जना संक्रमणमुक्त

काठमाडाैँ । गएको २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा ती व्यक्तिहरूको मृत्यु भएको हो ।

सोमबार मृत्यु भएकासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ । त्यस्तै, सोमबार १६६९ जना कोरोना संक्रमित थपिएसँगै जम्मा कोरोना संक्रमितको संख्या भने २ लाख २२ हजार २८८ पुगेको छ ।

गएको २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त पनि भएका छन् । २४ घण्टामा कोरोना संक्रमणमुक्त भएकासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?