
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १९८० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख २२ हजार २८८ पुगेको छ ।