सरकारले ६१ लाखमा ३२ वटा भैँसी किन्ने

सुनसरी । सरकारले ६१ वटा भैँसी खरिद गर्नेख भएको छ । सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको हो ।

राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीबाट ३२ वटा भैँसी खरिद गरिने भएको हो । उक्त कार्यक्रमले ३२ वटा मुर्रा भैँसी किन्न लागि असोज १ गते बोलपत्र आह्वान गरेको थियो । जसको रकम ६० लाख ९९ हजार रहेको छ ।

बोलपत्र दर्ता गर्ने अन्तिम दिन कात्तिक ३ गते रहेको थियो । उक्त प्रस्तावमध्ये सबैभन्दा कम मूल्य ६० लाख ९९ हजार रुपैयाँमा प्रस्ताव पेस गरिएको छ । सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने हेम शंकर घर पालुवा पशु चौपाया खरिद बिक्री केन्द्र सिरहाबाट भैँसी खरिद गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?