वसन्त चौधरीका नेपाली र हिँदीका गरी तीनवटा गीति एल्बम सार्वजनिक


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????कवि एवम् गीतकार वसन्त चौधरीद्वारा रचित तीनवटा गीति एल्बमको विमोचन गरिएको छ । प्रणय दिवसको अवसरमा यहाँ आयोजित कविता वाचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र नेपाल नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले संयुक्तरुपमा विमोचन गर्नुभयो । वसन्त बेला ९नेपाली आधुनिक०, मोमेन्ट अफ लभ ९नेपाली आधुनिक० र कुछ ख्वाहिसे कुछ बँहिसे ९हिन्दी० गीतको विमोचन गरिएको हो । वसन्त बेलामा आठ, मोमेन्ट अफ लभ १० र कुछ ख्वाहिसे कुछ बँहिसेमा आठ वटा माया, मिलन र बिछोडसम्बन्धी गीत समावेश गरिएको छ । सोही अवसरमा कवि चौधरीले नयाँ र पुराना गरी करिव तीन दर्जन गीत, कविता र गजल वाचन गर्नुभएको थियो । कवि तथा गीतकार चौधरीका संवाद ९पुस्तक०, मेरा कविताहरु ९कविता सङ्ग्रह०, राष्ट्रियता नदुखोस् ९पुस्तक०, आँसु ओँ सियाही से ९हिन्दी भाषाको कविता सङ्ग्रह०, माया बल्झेछ ९गीति सङ्ग्रह० तिम्रो नाममा ९आत्मशान्तिका गीतहरु० र वनली लभ ९गीति सङ्ग्रह० बजारमा आइसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]