
काठमाडाैँ । गएको २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा ती व्यक्तिहरूको मृत्यु भएको हो ।
आइतबार मृत्यु भएकासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय २१ पुगेको छ । त्यस्तै, आइतबार १६६९ जना कोरोना संक्रमित थपिएसँगै जम्मा कोरोना संक्रमितको संख्या भने २ लाख २० हजार ३०८ पुगेको छ ।
गएको २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमणमुक्त पनि भएका छन् । २४ घण्टामा कोरोना संक्रमणमुक्त भएकासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।