भिक्टोरियामा २३ दिनदेखि शून्य संक्रमण, भोलिबाट १० जना घरमा आवतजावत गर्न दिने तयारी

मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा गएको २३ दिनदेखि शून्य कोरोना संक्रमणको स्थिति कायम छ । स्वास्थ्य विभागका अनुसार राज्यमा अब जम्मा एउटा मात्र कोरोनाको सक्रिय संक्रमित बाँकी रहेको छ । गएको २४ घण्टामा १० हजार ५ सय ३० कोरोना परीक्षण गरिएको थियो ।

कोरोना भाईरसविरुद्धको कडा लकडाउन गरेको भिक्टोरियाले आज मध्यरातबाट राज्यभर प्रतिबन्धको अन्तिम चरणमा लैजाने भएको छ । अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्दै प्रिमियर डेनियल एन्ड्रयूले प्रतिबन्ध खुकुलो बनाउने घोषणा गर्दैछन् । बताइए अनुसार भोलिबाट घरमा १० जनासम्म व्यक्तिलाई जम्मा हुन दिइनेछ भने घुम्न जानका लागि पनि यस्तै व्यवस्था गरिनेछ । सार्वजनिक स्थलमा ५० जनासम्म भेला हुन पाउनेछन् भने जीप पनि खुल्ला गर्न तयारी छ ।