बलिउड ड्रग्स: चर्चित कमेडियन भारती सिंह गिरफ्तार !

एजेन्सी । चर्चित भारतीय कमेडियन भारती सिंहलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार लामो सोधपुछका लागि गिरफ्तार गरेको छ । शनिबार विहान नै भारती र उनको पति हर्षको घरमा प्रहरीले छापा मारेको थियो । छापामारीमा उनीहरुको घरमा गाँजा भेटिएको भारतीय सञ्चारमाध्यामले जनाएको छ ।

यही गाँजा भेटिएकाले र केही ड्रग्स भेटिएकाले प्रहरीले उनलाई गिरफ्तार गरिएको हो । भारतीलाई पक्राउ गरिएको पुष्टि भारतीय प्रहरीले गरेको छ । उनले आफू र पतिले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेकी छिन् । भारतीलाई गिरफ्तार गरिए पनि उनका पति हर्षलाई चाहिँ सोधपुछ मात्र गरिएको छ ।