क्वीन्सल्याण्ड राज्यकी नयाँ प्रिमियरलाई चिनौं


Labour_Queens Landक्विन्सल्याण्डकी नयाँ प्रमुख एनास्तेसिया पालास्जस्जुकले सपथ ग्रहण गर्नुभएको छ । उहाँ क्वीन्सल्याण्डको ३९ औं प्रमुख बन्नुभएको हो । लेबर पार्टीकी राज्यप्रमुख समेत रहनुभएकी पालास्जस्जुकलाई गभर्नर पाउल डे जेर्सीले सपथ गराउनुभएको थियो । यसपछि उपप्रमुख ज्याकी ट्राड र कोष प्रमुखमा कुर्टिस पिटले पनि सपथ लिनुभयो । क्वीन्सल्याण्डकी नयाँ प्रमुखको पहिलो प्राथमिकता रोजगार सिर्जना रहेको छ । थप मन्त्रीहरुको चयन हुनुअघि अहिलेका लागि तीनजनाले नै पूरै सरकार सञ्चालन गर्ने बताइएको छ । प्रतिक्रिया दिँदै उपप्रमुख ट्राडले भन्नुभयो, रोजगारी सिर्जनामा हामी सबै केन्द्रित हुनेछौं । यससँगै एनास्तेसिया विपक्षी लबेर पार्टीबाट राज्यप्रमुख बन्ने पहिलो महिला पनि हुनुभएको छ । त्यस्तै उपप्रमुख पनि महिला नै भएपछि यो पनि पहिलो घटना बनेको छ । भर्खरै सम्पन्न चुनावमा लिबरलले ४२ सिट जितेको थियो भने लेबर पार्टीले ४४ सिट जित्दै एक स्वतन्त्र सांसदको सहयोगमा अल्पमतको सरकार बनाएको हो ।
को हुन् एनास्तेसिया ?
एनास्तेसिया पालास्जस्जुकलाई संयोगवस बनेकी प्रिमियर भनिएपनि ४४ सिट जितेर सरकार बनाउनका निम्ति दाबी प्रस्तुत गर्दै आफ्नो दलका ४४ जना र एक स्वतन्त्र सांसदको समर्थनमा अल्पमतको सरकार बनाउनुभएको हो । उहाँको जम्म सन् १९६९ मा जन्मनुभएकी उहाँको घरको नाम स्टासिया हो । ब्रिसबेनको दक्षिण पश्चिमी डुराकमा उनको बाल्यकाल बित्यो । सर्भिस्टन साउथ स्टेट स्कूलमा ७ वर्षको उमेरमै स्कूलको क्याप्टेन बन्नुभएको थियो उहाँ । यस्तै उच्च शिक्षा सेन्ट मेरीज कलेजमा पूरा भयो । उनको परिवार राजनीतिमै थियो । उनका बुबा जर्मनबाट दोस्रो विश्वयुद्धपछि अष्ट्रेलिया आएका थिए । उनका बुबा लेबरको तर्फबाट मन्त्री बनिसकेका व्यक्ति हुनुहुन्छ । प्रमुख स्नास्तेसिया पनि यसअघि लेबरकै तर्फबाट मन्त्री बनिसक्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]