महामारीको असर पुरुषभन्दा महिलाहरुमा बढी, युवाहरु बढी समस्यामा

मेलबर्न, अष्ट्रेलिया ।

एक अध्ययनले महिला र युवाहरु महामारीको कारण भएको लकडाउनले बढी प्रभावित भएको देखाएको छ । क्वीन्सल्याडका अनुसन्धानकर्ताहरुले मानिसहरुमा लकडाउनका कारणले नकारात्मकता बढेको भेटेका छन् । तर, केही समूहलाई भने यसले बढी नै प्रभाव पारेको छ । यस्तो हुनुमा सामाजिक दूरी र व्यायामको कमी भएको ठम्याई छ ।
अध्ययनले पुरुषभन्दा बढी महिलाहरु प्रभावित बनेको देखाएको छ ।
यस्तै युवाहरुमा समेत जागिर गुमाउने या अन्य यस्तै गतिविधिका कारण बढी प्रभावित देखिएको छ । विज्ञहरले आफ्नो नजिकका व्यक्तिहरुसँग सम्पर्कमा रहने, कुराकानी गरिरहने र मानसिक तनाव कम गर्न नियमित व्यायाम गर्न सुझाएका छन् । यदि मानसिक समस्या वा मुडका विषयमा कुनै सहायता चाहिएमा लाईफलाईन, वियोन्ड ब्लू र ब्ल्याक डग ईन्ष्टिच्युट जस्ता संस्थाहरुलाई सम्पर्क गर्न सकिनेछ ।

लाईफलाईनको फोन नम्बर १३१११४, वियोन्ड ब्लूको फोन नम्बर १३००२२४६३६ रहेको छ ।