५ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ !

पर्सा । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई बुधवार साँझ बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।