अफगानिस्तानको राजधानी काबुलमा रकेट प्रहार

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रकेट प्रहार भएको छ । रकेटको आक्रमणबाट कम्तिमा ६ जनाको मृत्यु भएको अफगानी अधिकारीहरूले जानकारी दिएका छन् ।

अफगानी अधिकारीहरूका अनुसार तालिबानीहरूसँग सरकारी पक्षको वार्ताका लागि तय गरिएको समयभन्दा केही पहिले रकेट प्रहार भएको हो ।

रकेटको आक्रमणबाट धेरै घर तथा सवारी साधनमा क्षति पुगेको बताइएको छ । तर, तालिवानी समूहले आक्रमण नगरेको बताएको छ । अफगानिस्तानमा शान्ति प्रकियाका लागि अमेरिकी रक्षामन्त्री माइक पम्पेओले दोहामा तालिवानी समूहसँग वार्ता गर्ने तय भएको थियो ।

यही हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट करीब २ हजार अमेरिकी सेना फिर्ता बोलाउने बताएका थिए । तर, लडाकुहरूसँग अफगानी सेना एक्लै भिड्न नसक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।