नेपालमा ६ लाखलाई कोरोना संक्रमण हुनसक्ने सरकारको अनुमान

काठमाडाैँ । नेपालमा ६ लाख मानिसलाई कोरोना भाइरस संक्रमण हुने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालको कूल जनसंख्याको २ प्रतिशत जनसंख्यामा कोरोना भाइरसको संक्रमण हुने सरकारले अनुमान गरेको बताएका छन् ।

‘कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ अन्तरक्रियामा बोल्दै मन्त्री ढकालले सरकारको उक्त अनुमान सार्वजनिक गरेका हुन् ।

अहिले नेपालको जनसंख्या करिब ३ करोड छ। यसको २ प्रतिशत भन्नाले ६ लाख जना हुन्छ।

अबको ४ महिनामा १ लाख ४८ हजार जनालाई कोरोना संक्रमण हुन सक्ने सरकारको अनुमान रहेको पनि उनले बताएका छन् । अहिले नेपालको जनसंख्या ३ करोड रहेको सरकारी तथ्यांक छ भने उक्त जनसंख्याको २ प्रतिशत भनेको ६ लाख हो ।

नेपालमा अहिलेसम्म २ लाख १५ हजार व्यक्तिलाई कोरोना संक्रमण भइसकेको छ ।