१० वर्षको उमेरमा नै याैन दुर्व्यवहारमा परेको भारतीय गायिका नेहाको खुलासा

एजेन्सी । भारतीय गायिका नेहा बशिनले आफु जीवनमा धेरै पटक याैन हिंसाको सिकार भएको बताएकी छिन् । आएएनएससँगको अन्तर्वार्तामा बशिनले उक्त कुराको खुलासा गरेकी हुन् ।

बशिनले आफ्नो बाल्यकालमा पनि याैन हिंसा भएको र हरिद्वार जाँदा १० वर्षको उमेरमा नै याैन हिंसा भोगेको खुलासा गरेकी हुन् ।

उनले अन्तर्वार्तामा भनिनन्, ‘म १० वर्षकी हुँदा भारतको एक धार्मिकस्थल हरिद्वारमा थिए । मेरी आमा केही पर भएको बेला एक जना व्यक्तिले ममाथि दुर्व्यवहार गरे । ती व्यक्तिको हर्कतबाट डराएर म भागेँ । त्यसपछि पनि पटक पटक ममाथि दुर्व्यवहार भइरहे । त्यतिबेला लाग्थ्यो यी सबै दुर्व्यवहार मेरै गल्तीका कारण भएका हुन् ।’

उनले त्यतिबेला प्रत्यक्ष हुने दुर्व्यवहार अहिले सामाजिक सञ्जालमार्फत हुने बताएकी छिन् । बशिनले यस्तो क्रियाकलापलाई आतंकवादको संज्ञा समेत दिएकी छिन् ।

कसैले नराम्रो काम गरेको छ भने त्यस्तो काममाथि आवाज उठाउन बशिनले सुझाव दिएकी छिन् ।