बलिउड अभिनेत्री तापसी भन्छिन्, ‘अभिनेताकी पत्नीका कारण फिल्म खेल्न दिइएन’

एजेन्सी । बलिउड अभिनेत्रीले तापसी पन्नुले अभिनेताकी पत्नीका कारण फिल्म खेल्न नदिइएको बताएकी छिन् । उनले आफ्नो संघर्षको दिनहरुको बारेमा खुलासा गर्दै अभिनेताकी पत्नीकै कारण फिल्म खेल्न नदिइएको बताएकी हुन् ।

तपसीले अभिनेताकी पत्नीले आफूलाई फिल्म नराख्न भनेपछि फिल्मबाट निकालिएको आरोप समेत लगाएकी छिन् ।

फिल्म डबिङका क्रममा अभिनेताले डाइलग परिवर्तन गर्न लगाइएको र परिवर्तन गर्न तपसी तयार नभएपछि फिल्मबाट निकालिएको उनको आरोप छ । तपसीले डाइलग परिवर्तन गर्न नमानेपछि डाइलग भने पुरानो नै राखिएको थियो ।

पिंक, मुल्क, थप्पड जस्ता सुपरहिट फिल्ममा समेत काम गरेकी तपसी यतिबेला फिल्ममा देखिन छाडेकी छन् । उनले आरोप लगाएकी अभिनेताको नाम भने खुलाएकी छैनन् ।