भिक्टोरियामा बाईसौं दिन पनि कोरोनाको शून्य संक्रमण, एकमात्र सक्रिय संक्रमित बाँकी

मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा गएको २२ दिनदेखि शून्य कोरोना संक्रमणको स्थिति कायम छ । स्वास्थ्य विभागका अनुसार अब जम्मा एउटा मात्र कोरोनाको सक्रिय संक्रमित बाँकी रहेको छ । शुक्रबार एक आशंकीत संक्रमित फेला परेपनि निजमा कोरोना पुष्टि भने नभएको स्वास्थ्य विभागले जनाएको छ । गएको २४ घण्टामा ११ हजार ३ सय ३३ कोरोना परीक्षण गरिएको थियो ।

राज्य सरकारले ढलको परीक्षणबाट एल्टोना क्षेत्रमा रहेका व्यक्तिहरुलाई परीक्षण गराउन आग्रह गरेको थियो । त्यस क्षेत्रको ढलमा केही जीवाणुका अंशहरु भेटिएका थिए ।