घरमै गएर किशोरीलाई बलात्कार गर्ने पक्राउ !

सुनसरी । किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्तीकरण गर्ने हरिनगर गाउँपालिका–६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।