ईराकी विदेशमन्त्री सिड्नीमा, अमेरिकाको हवाई कारवाही जारी रहने, स्थल कारवाहीको लागि अमेरिकी सहयोग चाहिँदैन


iraqइराकले त्यहाँका इस्लामिक स्टेट (आइएस) विरुद्धको कारबाहीका लागि अमेरिकासँग सैनिक नमागेको धारणा राखेको छ । इराकी विदेशमन्त्रीले सो धारणा बिहीबार सार्वजनिक गर्नुभएको हो । उहाँले अष्ट्रेलियाको सिड्नीमा बिहीबार सो भनाइ राख्नुभएको बताइएको छ । इराकी विदेशमन्त्री इब्राहिम अल जफारीले इराकले स्थलगत कारबाहीका लागि अमेरिकासँग सहयोग नमागेको जानकारी गराउनुभएको हो । उहाँले यसअघिदेखि नै अमेरिकाले जारी राखेको हवाई कारबाही भने हालका लागि स्थगित नगरिने बताउनुभएको हो । उहाँका अनुसार बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट इराकसँग त्यस्तो सैनिकको आवश्यकता भएका अवस्थामा सहयोग गर्न आपूm तयार रहेको भनी प्रतिबद्धता आएको भए पनि इराकले हालका लागि त्यस्तो सहयोग नचाहेको बताउनुभएको हो । सिड्नीमा इराकी विदेशमन्त्री जफारीले भन्नुभयो– “अमेरिकी सैनिकको कारबाही हालका लागि इराकी सरकारको योजनामा छैन, हामीले माग गरेका छैनौँ ।” सिरिया र इराकमा विगतका केही महिनादेखि अमेरिकी सैनिकको नेतृत्वमा कारबाही जारी छ । तर त्यो कारबाही हवाई कारबाही हो । आइएसको उपस्थिति रहेको भनिएका केही स्थानमा विगतका महिनादेखि इराक र सिरियामा निरन्तर रूपमा कारबाही जारी राखिएको बताइएको छ । अष्ट्रेलियाली विदेशमन्त्री जुली विसपसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो– “आइएसविरुद्धको कारबाहीका लागि विदेशी सेनाको आवश्यकता हालका लागि छैन ।” इराकले आफ्नो आकाशबाट गरिने गरिएको हवाई कारबाहीका लागि पनि निश्चित मापदण्ड बनाइएको र सोही आधारमा मात्र विदेशी सेनालाई काम गर्न दिइएको जानकारी पनि सो अवसरमा दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]