पारसलाई सघाउन हिमानी थाईल्याण्ड जाँदै, सम्बन्ध सुध्रिने आशा


parasपारस शाह यतिबेला कहाँ छन् ? कसैलाई थाहा छैन । पूर्वयुवराजको यस्तो अवस्था भएको शायद ईतिहासमै पहिलो हो । र, पूरै वंश सखाप पार्नेगरी राजकुमारले नै गोली चलाएर आमसंहार गरेको घटना पनि नेपालमा नै भयो । यतिबेला पारस शाह थाईल्याण्डमा त छन् तर उनी के गरिरहेका छन् । प्रहरी हिरासतमा या सुधार गृहमा कमैलाई थाहा छ । अझ परिवारका सदस्यहरुसँग उनको सम्बन्ध बिग्रिएको जस्तो न्यूजहरुले अझै अन्योल बढाइदिएको अवस्थामा उनकी श्रीमती हिमानी शाह आज थाईल्याण्ड जाने भएको नेपाल समाचारपत्रले लेखेको छ । जेलमा र सुधार गृहमा रहँदा पनि आफ्नो परिवारका कुनै सदस्यको साथ नपाएको दुःखपूर्ण सन्देश उनले पठाएपछि श्रीमती हिमानी त्यसतर्फ जान लागेको श्रोतले दाबी गरेको छ । पारसलाई सहयोग गर्ने भन्दै यसअघि धिरेन्द्रकी छोरी दिलासा थाईल्याण्डमा छिन् । तर, त्यहाँ पैसाको अभाव भएको छ । पैसा बोकेर मुद्दाको फैसलाको आसपास हिमानी त्यसतर्फ जान लागेको बताइएको छ । हिमानी र पारसकाबीच निकै लामो समयदेखि सम्बन्ध बिग्रएको छ । प्रेमिका कन्नीकाको शरणमा पारस परेपछि हिमानीले पनि बेवास्ता गर्दै आएकी थिइन् । तर, पारसले परिवारको साथ खोजेको र प्रेमिका कन्निकाकै कारण आपूm पक्राउ परेको हुनसक्ने आशंका पारसले गरेका कारण अब सम्बन्ध सुध्रनसक्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]