सिड्नीमा हँसाउँदै हमजाएगा, दर्शकले भने चित्तबुझ्दो फिल्म बनेको रहेछ


Humjayegaहाँस्यप्रधान चलचित्र हमजाएगाको पहिलो सिड्नी प्रदर्शन सम्पन्न भएको छ । फेब्रुअरी ८ तारिखमा हस्र्टभिलस्थित ईभेन्ट सिनेमामा भएको प्रदर्शनमा उपस्थित भएका दर्शकहरुले चलचित्र मनोरञ्जक भएको प्रतिक्रिया दिएका छन् । हाउसपूmल भएको हमजाएगाका सिड्नी दर्शकहरुले हाँस्यकलाकार विल्सनविक्रम राईको अभिनयलाई अति नै मन पराएका थिए । यस्तै सिड्नीकै नायिका ऋचा धितालको अभिनयका पनि प्रशंसा भएको थियो । हमजाएगा पूर्वतिर र मुख्यत दार्जलिंगमा चर्चित रहेको एउटा कमेडी क्यारेक्टर हो। उनी स्थानीयलाई हाँसी हाँसी थकाउने क्षमता राख्दथे। मुनाल फिल्मको ब्यानरमा नेपाली कथानक चलचित्रका निर्मातामध्येका एक टंक गुरुङले छिट्ट अर्को चलचित्र पनि निर्माण गर्ने घोषणा गरे । “दर्र्शकहरुको सपोर्टबाट हामी उत्साही भएका छौं । अष्ट्रेलियाका अन्य शहरमा पनि देखाउने योजना छ ।” गुरुङको भनाई छ । यसैगरी अर्की निर्मात्री सरस्वती लामाले दर्शकसँगै बसेर हेर्दा फरक अनुभूति भएको प्रतिक्रिया दिइन् । चलचित्र सफल बनेको उनको भनाई छ । यसैगरी चलचित्रकी नायिका ऋचा धितालले आफ्नो अभिनयमा सुधार्ने ठाउँहरु भएपनि समग्रमा चलचित्र अत्यन्तै मनोरञ्जनप्रधान बनेको बताइन् । चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, ऋचा धिताल ,मनोज आरसी, पार्वती राई, लगायतको मुख्य अभिनय छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]