म्याकडोनाल्डले अष्ट्रेलियाभर १७ हजार ४ सय नयाँ कामदार लिँदै (apply)

मेलबर्न, अष्ट्रेलिया ।

आगामी ६ साताभित्र अष्ट्रेलियाका विभिन्न शहरमा म्याकडोनाल्डले १७ हजार ४ सय नयाँ कामदार लिने भएको छ । फास्टफुड चेन म्याकडोनाल्ड अष्ट्रेलियामा युवाहरुलाई रोजगारी दिने सबैभन्दा ठूलो कम्पनी मानिन्छ । सन् २०२० को अन्त्यसम्ममा उसले फुल टाईम, पार्ट टाईम र क्याजुअल गरी १७ हजारभन्दा बढीलाई रोजगारी दिन लागेको हो ।

म्याकडोनाल्ड अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत एन्ड्रयू ग्रेगोरीले यो कठीन समयमा सकारात्मक परिवर्तन गर्ने आफुहरुको प्रयास रहेको बताए । महामारीका कारण कडा लकडाउनकन कारण अष्ट्रेलियनहरुले आर्थिक कठीनाईको सामना गर्नु परिरहेको छ । सरकारी राहत प्राप्त भएपनि अस्थायी भिसामा रहनेहरुका लागि भने यो निकै नै कष्टपूर्ण समय बनेको छ ।

म्याकडोनाल्डले आफुहरुकोमा काम गर्नेहरुको वृत्ति विकासमा समेत ध्यान दिँदै आएको र तालिम लगायत प्रदान गरिने जनाएको छ ।

यी राज्यहमा निम्न संख्यामा कामदार लिने म्याकडोनाल्डको योजना छ

न्यूसाउथवेल्स – ५ हजार ५ सय
क्वीन्सल्याण्ड – ४ हजार ७ सय
भिक्टोरिया – ४ हजार ६ सय
वेष्टर्न अष्ट्रेलिया – १ हजार ३ सय ८०
साउथ अष्ट्रेलिया – ८ सय २०
तास्मानिया – १ सय ८०
अष्ट्रेलियन क्यापिटल टेरेटोरी – १ सय २०
नर्दन टेरेटोरी – १ सय २०

Click here to Apply >>>>