चिलीमा ५३ वर्षपछि भेटियो फुटबल खेलाडीहरु चढेको दुर्घटनाग्रस्त विमानको भग्नावशेष

चिलीको एन्डेस हिमाल आरोहणकर्ताहरुले ५३ वर्षअघिदेखि बेपत्ता विमानको भग्वनाशेष फेला पारेको दाबी गरेका छन् । सन् १९६१ को अप्रिल ३ तारिखका दिन बेपत्ता भएको विमानको व्यापक खोजी भएपनि नभेटिएपछि सबैलाई मृत घोषित गरिएको थियो । सान्टियागोबाट ३ सय किलोमिटर दक्षिणमा रेको यस हिमालको ३ हजार २ सय मिटरभन्दा माथिको क्षेत्रमा भग्नावशेष भेटिएको हो । स्थानीय सञ्चारमाध्यमले केही तस्वीर सार्वजनिक गरेका छन् जसमा विमानका टुक्राका साथै मानव हड्डी र अन्य सामान छरप्रष्ट भएको देख्न सकिन्छ । विमानमा ग्रिन क्रस फुटबल टिमका कोच अर्नाल्डोसहित ८ खेलाडी र अन्य १६ जना व्यक्तिहरुसहित कूल २४ जना चढेका थिए ।