स्वीस बैंकमा ३६ नेपाली खाता, ५ करोड ४० लाख डलर


swissभर्खरै स्वीस लिक नामबाट सार्वजनिक भएको विवरणमा नेपाल १ सय १६ औं स्थानमा पर्दै ५ करोड ४० लाख डलर धनराशी थुपार्ने राष्ट्रमा परेको छ । तर, खातावाला भने जम्मा ३६ जना मात्रै छन् । स्वीस बैंकमा विना नाम पनि खाता खोल्न सकिन्छ । मुख्यतः गैरकानूनी रुपमा धन थुपार्नका लागि स्वीस बैंकको प्रयास हुने गरेको देखिएको छ । यद्यपि, नेपाली को कसको नाममा खाता छ यो भने खुलासा भएको छैन । गैरआवासीय नेपालीले पनि त्यस्तो खाता खोलेको हुनसक्ने देखिएको छ । तर, खाता सन् २०५० सालपछिको विवरण खुलासा भएको छ । कुन व्यक्तिको कति धन थुपारिएको छ भन्ने खुलासा भएमा नेपाली राजनीतिमा ठूलै पहिरो जाने आंकलन गर्न थालिएको छ । सात वर्षअघि बैंक कम्प्युटर विज्ञ हर्भे फाल्सियानीलाई स्वीस प्रहरीले विवरण चोरेको आशंकामा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर, उनी सोधपुछपछि देश नै छोेडेर फ्रान्स गए र त्यहाँको तथ्यांक आफ्नो कम्प्युटरमा डाउनलेड गरे । यही विवरण नै अलिहे सार्वजनिक भएको हो । सार्वजनिक भएको विवरणमा सबैभन्दा बढी स्वीट्जरल्याण्डकै व्यक्तिहरुको रकम देखिएपनि विश्वका अन्य देशका राजनीतिज्ञ, व्यापारी, मोडलहरुको खातामा पनि करोडौं डलर देखिएको छ । भारतमा ११ सयभन्दा बढीको तथ्यांक सार्वजनिक भएपछि सानोतिनो भूकम्प नै गएको छ । पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आईसीआईजेले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । वैधानिक वा अवैधानिक कस्तो सम्पत्ति हो भन्ने विषय भने स्वयं ति देश र ति व्यक्तिहरुलाई नै जानकारी हुने पनि संस्थाले स्पष्ट पारेको छ । नेपालबाट डलरमा पैसा थुपार्नेहरु को हुलान् त ? खोजीको विषय बनेको छ।

विवरण यहाँ गएर हेर्नुहोस्

http://projects.icij.org/swiss-leaks/countries/npl

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]