बहुमतको दम्भले राजनीतिक संकट अझ बढ्ने बाबुराम भट्टराईको निष्कर्श


baburamनेकपा (एमाओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले दुई तिहाइको दम्भबाट संविधान निर्माण गर्न खोजिए त्यसले मुलुकमा राजनीतिक सङ्कट चुलिने बताउनुभएको छ । सो दलद्वारा नेपालगञ्जमा आयोजित नागरिक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दोस्रो जनआन्दोलन र जनयुद्धको उपलब्धिको रक्षाका लागि सहमतिबाटै संविधान लेखिनुपर्छ ।” उहाँले क्रान्तिको मुद्दा छाडेर जस्तो पायो त्यस्तो संविधान लेख्न खोजिएको होइन भन्दै मिलेर संविधान लेखौँ, सहमति खोजाँै, छलफल गरौँ भन्नु भयो । आफ्नो दल संविधानसभाबाट भागेको छैन, संविधानसभाबाट संविधान लेख्नुपर्छ भन्ने पक्षमा नै छ भन्दै नेता भट्टराईले तर, एकपक्षीय बलमिच्यार्इंबाट संविधान जारी गर्न खोजिए आन्दोलनबाहेक अरू विकल्प आपूmहरूसँग नरहने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]