दिल्लीमा निर्वाचन सम्पन्न, १० तारिख परिणाम आउने, एक्जिट पोलका अनुसार आपलाई नै बहुमत


delhiभारतको राजधानीमा शनिबार मतदाता निर्वाचनमा गएका छन् भने पूर्व उत्तेजक मुख्यमन्त्री अरविन्द केजरिवालले आश्चर्यजनक रूपमा पुनः पदमा फर्की प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावलाई प्रमुख रूपमा धक्का दिने प्रयास गर्नुभएको छ । उनन्चालीस दिन दिल्लीको राज्य सरकारको प्रमुख भई राजिनामा दिएको एक वर्षभन्दा कम अवधिमा प्रायः अभिमत सर्वेक्षणमा केजरिवालको भ्रष्टाचारविरोधी दलले प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई दोस्रो स्थानमा पु¥याउनसक्ने सङ्केत दिएका छन् । यस निर्वाचनको नतिजा मङ्गलबार घोषणा हुनेछ । यस निर्वाचनमा विजय प्राप्त गरे पूर्व करअधिकृतलाई राम्रो पुरस्कार प्राप्त हुनेछ । मे महिनामा भएको आम निर्वाचनमा मोदी तथा केजरिवाल दुबै वाराणसीको निर्वाचन क्षेत्रमा उम्मेदवार हुनुभएको थियो र त्यहाँ मोदीले केजरीवाललाई नराम्रोसँग पराजित गरिदिनुभएको थियो । आम आदमी पार्टीले संसदीय निर्वाचनमा चार स्थान मात्र प्राप्त गरेपछि राजनीतिका प्रायः पण्डितले उहाँ पराजित आवेग भएको धारणा राखेका थिए । एक वर्षसम्म निर्वाचित सरकार नभएपछि मतदातासँग माफी मागेपछि केजरिवाल निर्वाचन अभियानमा चम्किनुभएको थियो । उहाँले पूर्व महिलाप्रहरी तथा भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार किरण वेदीको चमक कम गरिदिनुभएको ठानिएको छ । भारतीय जनता पार्टीको निर्वाचन अभियान यसपटक विभाजित देखिएको छ । यस दलका धेरै कार्यकर्ता पार्टीलाई अपमान गर्ने इतिहास भएकी ६५ वर्षीया बेदीलाई आफ्नो नेताको रूपमा पाउँदा क्रुद्ध भएका थिए । टेलिभिजनमा पूर्व कार्यक्रम प्रस्तोता बेदी माझिएकी आमसञ्चारकर्मी हुनुहुन्छ । यसो भए पनि केजरिवालले श्रमजीवी जनता तथा अल्पसङ्ख्यक मतदातामा अगाडि बढ्नसक्ने क्षमता प्रमाणित गर्नुभएको थियो । उहाँको तत्कालै प्रस्तुत हुनसक्ने क्षमताले हजारौँ व्यक्तिलाई आकर्षित गरेको थियो । केजरिवालको अभियान कम मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउने, एक करोड ७० लाख जनसङ्ख्या भएको दिल्लीमा निशुल्क वाईफाई उपलब्ध गराउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने बचनमा आधारित छ । शनिबार बिहान केजरिवालले मतदातालाई ट्विटमा नुहाएर प्रार्थना गर्दै मतदानका लागि जान आग्रह गर्दै यसो गर्दा मतदाताले निश्चिय पनि विजय हासिल गर्ने उल्लेख गर्नुभएको थियो । केजरिवालको पहिलो अवधि उपलब्धिमूलक थियो । उहाँले सपथग्रहण गर्न मेट्रोको प्रयोग गर्नुभएको थियो भने मुख्यमन्त्रीको आधिकारिक निवास परित्याग गर्नुभएको थियो । यसपछि उहाँको सरकार छिटै काण्डहरूमा पर्न थाल्यो र अफ्रिकन आप्रवासीको क्षेत्रमा छापा मार्दा उहाँमाथि जातीयवादको आलोचना लाग्यो । आफ्नो सानो कार्यअवधिमा केजरिवालले आफूलाई विद्रोही बताउनुभएको थियो र उहाँले सरकारी कार्यालयका बाहिरी भागमा अनेकौँ प्रदर्शन गर्नुभएको थियो । शुक्रबार एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीका अर्थमन्त्री तथा प्रमुख सहयोगी अरुण जेटलीले आम आदमी पार्टी भयानक सपना भएको बताउनुभयो । केजरिवालको लोकप्रियताबाट प्रभावित भएर प्रधानमन्त्री मोदी आफेँ निर्वाचन अभियानमा निस्कनुभएको थियो उहाँले निर्वाचित भएपछि छिटै पदत्याग गरी केजरिवालले मतदाताको ढाडमा छुरा रोपेको आरोप लगाउनुभयो । सन् २०१३ को निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा बढी स्थानमा विजय हासिल गरे पनि बहुमत प्राप्त गर्न असफल भएको थियो । यसका कारण मध्य तथा बामपन्थी पार्टीप्रति झुकाव राख्ने कङ्ग्रेसको समर्थनमा केजरिवालले सरकार गठन गर्नुभएको थियो । यस निर्वाचनमा पराजय भोग्नु परे मोदीको मतदातासँगको हालसम्म लम्बिएको राम्रो समय सकिएको सङ्केत हुनेछ । यसै गरी आम आदमी पार्टी उहाँको सरकारलाई राजधानीमा भूमि प्राप्त गर्ने तथा प्रत्यक्ष लगानी जस्ता सुधार लागु गर्ने काममा टाउको दुखाइ हुनेछ । हिन्दु समाचारपत्रले शनिबार आम आदमी पार्टी मोदीको प्रभावमा चुनौती दिने विश्वसनीय दल हुने उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]