हाँसोको गुञ्जनबीच मुभी विथ मेसेज अधकट्टीको प्रिमियर शो


adhkattiचलचित्र पत्रकार सुव्रत आचार्यले निर्देशन गरेको चलचित्र अधकट्टीको प्रिमियर शो अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । हर्सभिलस्थित ईभेन्ट सिनेमामा गरिएको प्रिमियर दुईवटा हलमा एकैसाथ देखाइएको थियो । केही गर्न चाहने दुई युवाले बुनेको धनी बन्ने सपनाको योजना यस चलचित्रमा देख्न पाईन्छ । तर, उनीहरु पृथ्वी गोलो छ भनेझैं जहाँबाट सुरु गर्छन् त्यहीँ पुग्छन् । तर, कथा सकिँदा भने एउटा सन्देश पनि दर्शकसामू आइपुग्छ । यस चलचित्रलाई समग्रमा मुभी विथ मेसेज अर्थात् मनोरञ्जनसहितको सन्देशवाहक चलचित्र भन्दा हुन्छ । प्रदीप बाँस्तोला, गौरब पहारी र विल्सनविक्रम राईकै वरिपरि चलचित्र घुमिरहन्छ । विल्सनविक्रम राईले आफ्नो उत्कृष्ट प्रस्तुति यसमा दिएका छन् । यस्तै नयाँ नै भएपनि प्रदीप पात्रमा जमेको देखिन्छ भने गौरवले स्वाभाविक अभिनय गरेका छन् । नायिका रिस्ता बस्नेत र अशिष्मा नकर्मीको काम सराहनीय देखिन्छ । नेवार साहुजीको भूमिकामा देखिएका गजित विष्ट चलचित्रमा लगानी गरी हिरो बन्ने सपना देख्ने युवाका रुपमा पर्दामा देखिन्छन् । हाँस्य प्रधान चलचित्र अधकट्टीमा कहीँ कतै जबर्जस्ती हाँस्न पर्दैन । दर्शकलाई गीत, छायाँकन आदिले समेत बाँधनेर राख्ने सफलता पाएका छन् । यसै चलचित्रको तिम्रो फिगर कोकाकोला यसअघि नै चर्चित बनिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]