संसारलाई नै छोएको अमेरिकी चुनावी नतिजाको चौतर्फी प्रभाव !

अमेरिकी राजनीतिप्रति दुनियाँलाई कति चासो हुन्छ भन्ने कुरा अहिलेको चुनाबले मात्र देखाएको होइन । चीनमा नेतृत्व फेरिएर सि जिङपिङको शासन शुरू हुँदा पनि संसारको चासो ठुलै थियो । देश विदेशमा रहेका सचेत नेपालीलाई होस् वा ६ वटै महादेशका मानिसहरूलाई चासो बढेकै छ । त्यसैले यति भन्नलाई भयंकर राष्ट्रबादी नेपाली बनेर अरू देशको राजनीतिमा चासो दिँदै त्यसबाट पर्ने प्रभाबको बिश्लेषण गर्नै हुँदैन भन्ने पनि छैन । हालै अमेरिकी निर्बाचन मार्फत डेमोक्रेटिक नेता पूर्ब उपराष्ट्रपती जो बाईडेन राष्ट्रपती र एसियाली अफ्रिकी मुलकी नेतृ कमला ह्यारिस उपराष्ट्रपतीको पदमा निर्वाचित भएपछी विश्वभर मिश्रित तर आशावादी तरंग आएको छ । यो पटक यसै सन्दर्भमा सानो एउटा टिप्पणी यहाँ प्रस्तुत छ ।

गएको चार बर्ष कुनै पनि राजनीतिक पृष्‍ठभूमी नभएका एक ब्यापारी डोनाल्ड ट्रम्प एकाएक अमेरिकी राजनीतिको केन्द्रमा हाबी भए, चर्को अमेरिकी राष्ट्रबादको नारा घन्काए, सारा संसारको ध्यान तान्न सफल भए, दोहोरो ब्यापार र कुटनीतिक सम्बन्धका पर्खालहरू धमाधम भत्काए र छिमेकी देश मेक्सिकोको सिमानामा पर्खाल लगाउन शुरू गरे । आफ्नै ईस्टमित्रबन्धुहरु ठानिने बेलायत र रणनितीक लुकामारीमा माहिर रसिया बाहेकका पश्चिमी साझेदार जर्मनी, फ्रान्स र क्यानडा लगायतका देशसँग टेढिएका मात्र होइनन् विश्वको अनेकौँ सामुहिक प्रतिबद्धता र मञ्चबाट हात झिके ट्रम्पले । पछिल्लो चरणमा कोभिड-१९ संकटकै बेला मिलेर काम गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठन (WHO) र हावापनी परिवर्तनबिरुद्धको विश्व प्रयास पेरिस सम्झौताबाट हात झिके । भूमण्डलीकरण र विश्व ब्यापारको अर्डर कुनै योजनाबिनै भाताभुङ पारे । प्रतिस्पर्धी नै भए पनि चीन बिरुद्ध कतिपय निर्णय हठात् लिए, युरोपेली संघ, नेटो सबैतिर अमेरिकी साझेदारीको साईनो कमजोर बनाए । जि २०, जि ७ र ८ लागायतका शक्तिशाली मञ्चमा अनेक नेतासँग अनाबश्यक जुहारी खेले । जस्टिन ट्रुडो, एन्जेला मर्केल, इम्यान्युअल म्याक्रोनसँग ठुस्स परे । तत्कालिन अष्ट्रेलियाका प्रधानमन्त्री माल्कन टर्नबुललाई ओबामासँग शरणार्थी डिल गरेको भनेर टेलिफोन मै ठाड्ठाडै हप्काए । अष्ट्रेलियाली स्टिलमा थप कर लगाइदिए बल्ल बल्ल दुईपक्षीय वार्तामार्फत यो समस्या समाधान भयो । यसअघिको निर्बाचनमा आफुलाई जिताउन रसियाले पनि सघाएको थियो कि भनेर संघीय जाँच ब्युरोले गरेको छानबिन ट्रिगर गर्न कतै अष्ट्रेलियाले पनि सहयोग त गरेन ? भनेर क्यानबेराको सातो बोलाएका थिए ट्रम्पले । अचम्म त के भने आफैँले रकेट ब्वाय भनेर गिज्याएका उत्तर कोरियाली एकाँकी नेता किम जोङ उनसँग बार्ताको तामझाम मन्चन गरे तर त्यसको निरन्तरता भएन । कोरियाली पेनिन्सुलामा जागेको स्थायी शान्तिको आशा त्यत्तिकै खेर गयो । त्यसैगरी अर्थतन्त्र जोगाउने नाममा केही द्वन्द्वग्रस्त क्षेत्रबाट अमेरिकी सेना हटाए तर नयाँ समधानको उपाय नसुझाईकनै अमेरिकी वा पश्चिमेली शक्तिको हैसियत कमजोर पारे जसले गर्दा बिश्वमा मानबअधिकार र प्रजातन्त्रको वकालत गर्नेहरुको हैसियत कमजोर हुँदै गयो । तर यो प्रसङ्गमा सबै पश्चिमी शक्तिहरू मानवअधिकार र प्रजातन्त्रको पहेरदार हुन भन्न खोजेको चाहीँ होइन है ।

यही बिचमा नरेन्द्र मोदी, जायर बोल्सेनारो, रोड्रिगो डेटोर्टे, बोरीस जोन्सन, रिसेप ईर्दोगान र भ्लादिमिर पुटिनहरु सकारात्मक वा नकारात्मक हिसाबले आन्तरिक र विश्व राजनीतिमा चर्चामा देखिए । हङकङ र ताईवानको बिषयमा चीन र पश्चिमेलीहरूको जुहारी कडै थियो । अष्ट्रेलियाका बिश्वबिद्यालयहरुमा हँङकँगेली र चिनियाँ बिध्यार्थीको जुहारी निकै देखियो । अन्यत्र पनि । हँङकँगेलीलाई छोटै समयमा आप्रवासन अनुमती दिने अष्ट्रेलियाली नीति पछी चीनले अष्ट्रेलियासँग ब्यापारिक सम्बन्ध घटाउँदै लगेको छ । यसमा पनि अमेरिकी राजनितीको बाछिटा लागेकै छ । राष्ट्रपती डोनाल्ड ट्रम्पले अमेरिकी श्वेत सर्वसत्ताबादी, बर्णभेदी, बिभेदकारी कामहरु एक पछी अर्को गर्दै गए । हुँदा हुँदै यति डरलाग्दो कोभिड-१९ को महामारीलाई यो केही होइन चाइना भाईरस भनेर चीनको आलोचना गरे तर देशभित्र सुरक्षाका उपाय र नियमहरु अबलम्बन गर्न ध्यान दिएनन । बिज्ञहरूको सल्लाह सुझाव मानेनन् । अमेरिका जस्तो शक्ति र स्रोतले सम्पन्न एवं बैज्ञानीक क्षमता भएको देशमा यो महामारी बिरुद्ध लड्ने संयन्त्र सक्रिय पार्नुको सट्टा झन लापर्वाही गरेका कारण झण्डै अढाई लाख जनताले ज्यान गुमाउनपर्ने स्थिती उत्पन्न भयो । संक्रमित र अस्पतालमा छटपटाई रहेकाहरुको हिसाब किताब गरिसाध्य भएन ।

देश भित्र बर्गिय बिभाजन डेमोक्रेट र रिपब्लिकन दुबै तर्फका अधिकाँस नेताले चाहन्थेनन् तर ट्रम्पले अहिले अमेरिकी समाजलाई घाइते बनाए, घृणाको राजनीति भित्र्याए ।

के सबै रेपब्लिकन नेता ट्रम्प जस्तै हुनुपर्थ्यो त ?

निकै युनिक हिसाबले राजनीति शुरु गर्न लागे, अमेरिकी सर्बोच्चता स्थापित गर्न लागे भन्ने भ्रम ट्रम्प राजनीतिमा आउने बित्तिकै धेरैलाई परेको थियो। यी सब पपुलिस्ट राजनीतिको भोक, स्टन्ट र आक्रोसको उपज थियो भन्ने अहिले धेरै रिपब्लिकनले बुझेका पनि होलान । देश भित्र बर्गिय बिभाजन डेमोक्रेट र रिपब्लिकन दुबै तर्फका अधिकाँस नेताले चाहन्थेनन् तर ट्रम्पले अहिले अमेरिकी समाजलाई घाइते बनाए, घृणाको राजनीति भित्र्याए। हुन त अब्राहम लिंकन पनि रिपब्लिकन थिए तर उनी महान र मोडेरेट रिपब्लिकन नेताको हैसियत बनाएर श्रमिक युनियनको संरक्षण, दास प्रथाको अन्त्य संघीय शासन प्रणालीको शुरुवात गरेर उन्नाइसौँ शताब्दि कै उत्तराद्र्धमा आधुनिक अमेरिकाको सपना बुनेर ५६ बर्षमै बिदा भएका थिए । अहिले पनि राष्ट्रपती ट्रम्पलाई रिपब्लिकनकै प्राय सबै पुराना र रिटार्यर्ड ठुला नेताहरु रुचाउँदैनन् । तर पनि एउटा नयाँ खालको तरङ ल्याएर जनताको तहमा धेरै अमेरिकीहरुलाई भुलाए यिनले चार बर्ष। यी चार वर्ष ट्रम्पले थुपारेको अबिश्वास र बिभाजनको खाडल पुर्ने जिम्मा बाईडेन/ह्यारिसको काँधमा आएको छ यतिखेर। ट्रम्पको हारसँगै अहिले चार बर्षे अन्योलको पटाक्षेप भएको छ।

अष्ट्रेलियन र पश्चिमेलीको छटपटाहट, एशिया प्रशान्तको अपेक्षा

डेमोक्रेट नेता जो बाइडेनले आधा शताब्दी त राजनीति नै गरिसके। तर पनि अस्ती सम्म ट्रम्प भन्दै थिए, ४७ बर्ष सांसदमा भएर तिमीले के गर्यो जो ? त्यो प्रश्न निक्कै निम्छरो थियो। तर बरु बाइडेन ५० बर्ष राजनीतिमा कसरी निरन्तर अडिन सके ? त्यो पो महत्वपूर्ण प्रश्न हो त ? यिनै बाईडेन र अफ्रिकी भारतीय मुलकी महिला कमला ह्यारिसले अमेरिका सम्हाल्ने भएपछी आज बिहानै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पत्रकार सामु बोले अमेरिका जहिले पनि हाम्रो अनन्य सहयात्री हो । जो बाइडेन अष्ट्रेलिया आउँदा बोलेका दुई प्रसँग कोट्याएर उनको परिवारले सैन्य सेवा मार्फत पपुवा न्युगिनी लगायत यो क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । हुन त राजनीतिक र पार्टीगत सिद्धान्तका हिसाबले दुबैतर्फ कन्जरभेटिभ सरकार भएपनि अमेरिकाबाट अष्ट्रेलियाले ट्रम्पकै पालामा केही ब्यापारका अबरोध ब्यहोरेको थियो । तर बार्ता मार्फत पछी त्यो समस्या समाधान भयो । तर अहिलेको माहामारी होस् वा चीनसँग बिग्रिएको कुटनीतिक र ब्यापार सम्बन्धले आत्तिएको अष्ट्रेलिया र प्रधानमन्त्री मरिसननलाई जो बाइडेनसँग बृहत सहकार्य नगरी सुखै छैन । आज मात्रै पनि उनले जलवायु परिवर्तनसँग सम्बन्धी पेरिस सम्झौताको प्रतिबद्धता दोहोर्याएर लेबर र ग्रिन्स पार्टीभन्दा पहिले नै अमेरिकासँग सहकार्यको बिषय उजागर गरेका छन । चीनसँगको सम्बन्ध सुधार गरेर ब्यापार शिक्षा र दुईपक्षिय सम्बन्ध सुधार्न अब आउने राष्ट्रपती बाइडेन् अष्ट्रेलियाका लागी सहयोगी हुनेछन भन्ने विश्वास गर्न चाहीँ सकिन्छ । हुन त आफ्नै जननी भनौँ वा मुलघर बेलायतको महारानीलाई नै आफ्नो महारानी मान्दै आएको अष्ट्रेलिया रणनीतिक र आडभरोसाका हिसाबले बेलायत भन्दा अमेरिकासँग भर गर्छ। मानौँ सबै अजीहरूको मुलघर अमेरिकै हो । अष्ट्रेलियनहरुको जीवनको ध्येय अमेरिका जानु, पढ्नु, जागिर खानु, ब्यापार गर्नु नै हो । जसरी हामी आप्रबासी अष्ट्रेलिया आएका छौं। अथवा धेरै मान्छेहरु अमेरिका बेलायत क्यानडा अष्ट्रेलिया न्युजिल्याण्ड गएका छन । यो संसारको आप्रवासनको प्रवृत्ति हो ।

चीनलाई छलेर टिपिपीमा नयाँ ढँगले अघि बढ्न पर्ने अबस्थामा अष्ट्रेलियालाई फाइदै होला तर चीन अमेरिका रणनीतिक खिचातानी छिट्टै मत्थर नहोला ।

एशिय प्रशान्त क्षेत्रमा आफुहरु हावी हुँदै गएका बेला चीनले दैलोमै रहेको अष्ट्रेलियाको प्रभाबलाई निस्तेज पार्न खोजिरहेको जस्तो देखिएका बेला विश्वको शक्ति सन्तुलनको अर्डर फेरी अमेरिकाबाट सम्हालिन्दै आयो भने त्यसले काम गर्नेछ। अमेरिकी डेमोक्रेट सरकारको जलवायु परिवर्तन बिरूद्धको योजना र बिश्व प्रयास, कोभिड-१९ बिरूद्ध बिजय हाँसिल गरेर अर्थतन्त्र र ब्यापारलाई चलायमान बनाउन चाहिएको प्रभाबकारी रणनीति र पश्चिमी देशहरूमा अझै विद्यमान बर्णभेदी र बिभाजनकारी संस्कारको अन्त्य गर्ने लगायतका प्रयासमा साथ दिएर अमेरिकी र पश्चिमी प्रजातान्त्रिक मूल्य मान्यतामा समाहित हुन सके अष्ट्रेलिया सरकारले आफ्ना योजनामा धेरै हदसम्म सफलता प्राप्त गर्ने बिश्वास गर्न सकिन्छ । अमेरिकासँग सहकार्य गरेर चीनसँग स्वच्छ प्रतिस्पर्धा गर्न सक्नु भनेको भबिश्यमा शक्ति राष्ट्रको पंक्तिमा उभिन चाहने अष्ट्रेलियाको महत्वकांक्षामा टेवा पुर्‍याउने एक उपलब्धी वा सार्थक प्रयास पनि भनेको । स्मरणिय छ कि गएको बर्ष मात्र अष्ट्रेलियाको मरिसन सरकारले आगामी १० बर्षका लागि सुरक्षित र बलियो अष्ट्रेलिया बनाउने भनेर २७० अर्ब डलर खर्च गर्ने घोषणा गरेर एशिया प्रशान्त र ओसेनिया क्षेत्रको मुख्य शक्ति केन्द्र हुने योजना अघि सारेको छ । सैन्य सामग्री र सुरक्षा क्षमता बढाउन सेना र सुरक्षा प्रणालीलाई मजबुत बनाउने, साइबर सेक्युरिटी सुदृढ गर्ने र दक्षिण पश्चिम प्रशान्त क्षेत्रमा सहयोग बढाउने योजनामा अमेरिका लगायतका पश्चिमी मोर्चाको सहयोग सहकार्य नभए अष्ट्रेलिया अडिन सक्ने छैन । क्षेत्रिय आर्थिक, सामाजिक र सँरचनात्मक साझेदारी नगरी यी उल्लेखित उद्देश्य पुरा हुन नसक्ने भएकोले पनि अब अमेरिका लगायत क्षेत्रीय र बिश्व शक्तिहरू सहकार्य गर्न प्रस्तावित ट्रान्स प्यासिफिक पार्टनरशिप एग्रिमेन्ट ९टिपिपी० लाई उ बेला अवधारणा आएकै बर्ष २०१६ मै राष्ट्रपती डोनाल्ड ट्रम्पले उल्ट्याईदिएपछी पनि अब फेरी नयाँ राष्ट्रपती जो बाईडेन मार्फत यसलाई साबधानीपूर्बक ब्युँताउन पर्ने अबस्थामा अष्ट्रेलियासामू फेरी आइपुगेको हुनुपर्छ । तर साउथ चाईना सि मा बढीरहेको चिनियाँ चौकीदारीका कारण पनि टिपिपी लागु गर्न ठूलै कसरत जरूरी छ ।

अमेरिकी चुनाव र नतिजाको असर नेपालमा त परि नै हाल्छ । माल्दिभ्स भुटान मंगोलिया टोङगा फिजी न्यूक्यालेडोनिया र सोलोमन आईल्याण्ड लगायत प्रशान्त क्षेत्रका सानसाना टापुहरूमा त परेको छ, चीन र भारतको बिचमा चेपिएको हाम्रो नेपालमा किन पर्दैन ?

चीन, मध्यपूर्व र समग्र एशिया

राजनीतिशास्त्रका पण्डितहरूका अनुसार डोनाल्ड ट्रम्पले भन्दा जो बाईडेन नै क्षेत्रिय कोलिएशन मजबुत पार्न सक्षम छन र यिनले नै बिश्व ब्यापारलाई फेरी गतिशिल बनाउन सक्छन अनि अमेरिका र चीन बिच जारी ब्यापार युद्धमा चेपिएका अष्ट्रेलिया लगायतका देशले आफुलाई अली बढी सुरक्षित महसुस गर्नेछन् भन्ने बिश्वास पैदा भएको छ । जो बाईडेन अझै पनि चीनलाई साइजमा राख्न चाहन्छन् होला तर आनाबश्यक हल्लीखल्ली नगरीकन र तरिका पुर्याएर। त्यसो त ताइवान र हङकङको मामिला सँगै भारतको पक्षमा वकालत गरेका कारण अमेरिकासँग पटक पटक रिसाएको चीनलाई सजिलो हुने गरेर करहरूमा समायोजन वा संशोधन गर्न बाईडेनलाई अहिले नै सजिलो त छैन तर १८ महिना लामो ब्यापार युद्धमा अल्झिएका यि दुई देशको सम्बन्ध सामान्य बनाउन जो बाईडेनले ट्रम्प प्रशासनकै टर्च लिएर अँध्यारा गल्छेडा र अन्योल बिच केही नयाँ योजना र प्रयास थाल्नेछ भनि बिश्वास गर्न चाँही सकिन्छ । यदी चीनलाई छलेर टिपिपीमा नयाँ ढँगले अघि बढ्न पर्ने अबस्थामा अष्ट्रेलियालाई फाइदै होला तर चीन अमेरिका रणनीतिक खिचातानी छिट्टै मत्थर नहोला ।

उता ट्रम्प प्रशासनसँग नजिक मानिएको युएयी र इजिप्ट लगायतका मध्यपूर्बेली देशबाट बाईडेनको जितलाई हार्दिकता पूर्बक स्वागत भएको छ। किनकी गएको जुलाई ताका इजिप्टका डिक्टेटरलाई ट्रम्पले जसरी ब्ल्याँक चेक नदिने कुरा एक प्रसंगमा बाईडेनले बताएका थिए । ट्रम्पले पनि एउटै क्षेत्रमा केही अलोकतान्त्रिक शासकहरूलाई उकासिरहन्थे । उता ओबामाले गरिदिएको आणविक शक्ति सन्तुलन कम गर्ने सम्बन्धी सम्झौता उल्ट्याईदिए पछी ट्रम्पले लगाइदिएको आर्थिक नाकाबन्दी खेपिरहेको ईरानले पनि ट्रम्पको बिध्वँसकारी नीतिको अन्त्य हुनेछ भनेर बिश्वास ब्यक्त गरेको छ । अझ इराकले त बाईडेनलाई बिश्वासिलो साझेदार र असल मित्र भनेर प्रसँसाको पुल बाँधेर बधाई दिएको छ। जोर्डन लगायतका थुप्रै देशले बाईडेनको जितमा खुसी ब्यक्त गरेको परिस्थिती हेर्दा बिश्व शान्तीको नयाँ मार्गमा जो बाईडेनका तगारा धेरै छैनन् कि झैँ भान परेको छ। लेबनान कतार सुडान यमन युएयी पनि खुसी देखिए भने प्यालेष्टाइनले चाहीँ अमेरिकी जनताले ट्रम्पलाई हटाएको बिषयलाई ‘अमेरिका डिट्रम्प्ट्ड’ भनेर प्रतिक्रिया दिएको छ ।

शुरूमा ट्रम्प सँग राम्रो सम्बन्ध भएपनि बिचमा पाकिस्तानका कारण अलिकती फेरिएको सम्बन्धलाई अब पूनर्ताजगी गर्दै अघि बढ्न भारतले अग्रसरता देखाउँदै प्रधानमन्त्री मोदीको नाममा बाईडेन ह्यारिस जोडीलाई बधाई दिएको छ । उपराष्ट्रपतीमा ह्यारिसको जितले आँफुलाई गौरबको अनुभूत भएको मोदीले बताए।

यसैबिच नेपालीहरू बिच पनि अमेरिकी निर्बाचन परिणामले के फरक पार्छ र के को चासो हो यति धेरै नेपालीलाईरु भन्ने प्रश्न सामाजिक सञ्जालहरूमा छरपस्ट छन । तर पनि म चाहीँ सोचिरहेको छु कि यो निर्बाचनको परिणामले बिश्वको कुन क्षेत्र, कहाँ कहाँ र के के मा चाहीँ असर पर्दैन होला भनेर । म त्यो खोजिरहेछु। हामीलाई थाहा छ भूगोलले छेके पनि अहिले बिश्व एउटै भएको छ। जुन देशमा बसे पनि संसारको शक्ति सन्तुलनमा तलबितल परेका बेला पर्ने असर सबैतिर उस्तै हुन्छ । धेरै थोरै मात्र हो। अमेरिकी चुनाव र नतिजाको असर नेपालमा त परि नै हाल्छ । माल्दिभ्स भुटान मंगोलिया टोङगा फिजी न्यूक्यालेडोनिया र सोलोमन आईल्याण्ड लगायत प्रशान्त क्षेत्रका सानसाना टापुहरूमा त परेको छ, चीन र भारतको बिचमा चेपिएको हाम्रो नेपालमा किन पर्दैन ? एउटै उदाहरण कोभिड-१९ को सर्बब्यापी असर । यदि अमेरिकाले वा ट्रम्पले बेलैमा सोचेको भए कदम चालेको भए संसार यतिबेला फरक भैसक्थ्यो । बिश्व ब्यापार अर्थतन्त्रको जालो कसरी फैलिएको छ हेरौँ । यसमा ठुला शक्तिहरूले मिलेर काम गर्थे होलान् । त्यसैले माकुराको जालो जस्तो जेलिएको सँसारको अर्थ राजनितीमा चीन र अमेरिकाको सन्तुलन बिग्रँदा सबैतिर असर पर्ने नै भयो । भूमण्डलीकरणले कहाँ छोएको छैन र ? बरू अब सुधारिएको खुल्ला अर्थ ब्यबस्था र भूमण्डलीकरणको अभ्यास संसारले चाहेको छ । त्यसैले यो चुनाबका कारण नेपाल जस्ता अल्पबिकसित देशको भात भान्छा र चुलोचौकोमा पनि असर परेको छ । बाँकी बिश्वको त कुरै छौडौँ ।