श्रीलंकाका नयाँ राष्ट्रपति फेब्रुअरीमा भारत जाँदै, भारतीय प्रधानमन्त्री मार्चमा श्रीलंका पुग्दै


srilankaश्रीलङ्काली नवनियुक्त राष्ट्रपति मैत्रीपाला सिरिसेना भारतको पहिलो औपचारिक भ्रमणका लागि यही फेब्रुअरीमा नयाँ दिल्ली जानुहुने भएको छ । फेब्रुअरीको मध्यतिर छिमेकी देश भारतको भ्रमणमा जान लाग्नुभएको राजधानी कोलम्बोबाट मङ्गलबार विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सिरिसेना श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित भएपछिको यो पहिलो विदेश भ्रमण हो । उहाँ फेब्रुअरी १६ मा नयाँ दिल्ली पुग्नुहुने समाचारमा जनाइएको छ । उहाँ गत जनवरी महिनामा श्रीलङ्काली राष्ट्रपति महिन्दा राजपाक्छेलाई पराजित गरी त्यहाँ शक्तिमा आउनुभएको हो ।उहाँ राष्ट्रपति बन्नुभएपछि उहाँलाई बधाई दिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको टेलिफोनमा नै प्रधानमन्त्री मोदीले सिरिसेनालाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको छ । श्रीलङ्काली सरकारका प्रवक्ता एवम् स्वास्थ्यमन्त्री रजिता सेनार्थानेले राष्ट्रपति सिरिसेना भारतको भ्रमणका लागि त्यसतर्पm जान लाग्नुभएको र उहाँले आगामी दिनमा सम्बन्ध विस्तारका लागि विभिन्न देशको भ्रमणको कार्यक्रम राख्नुभएको जानकारी दिनुभयो । श्रीलङ्काली विदेशमन्त्री मङ्गला समराविराले गत महिना नै भारतको भ्रमण गरिसक्नुभएको छ । उहाँले भारतीय आफ्ना समकक्षी सुष्मा स्वाराजसँग भेटवार्ता गरी द्वीपक्षीय समबन्ध सुुधारका बारेमा कुराकानी गर्नुभएको थियो । भारत पनि श्रीलङ्काको एउटा ठूलो व्यापार साझेदार राष्ट्र हो । सन् २०१४ मा भारत र श्रीलङ्काबीच करिब पाँच अर्ब रुपैयाँ बराबरको व्यापार भएको तथ्याङ्क छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आगामी मार्च महिनामा श्रीलङ्काको भ्रमण गर्न लाग्नुभएको बताइएको छ । तर यो भ्रमणको सूची भने तय भइसकेको छैन । मोदीको सो भ्रमण भारतीय प्रधानमन्त्रीका रुपमा श्रीलङ्काको कम्तीमा पनि २५ वर्षपछिको पहिलो भ्रमण हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]