युवा सुधार गृहको जेलबाट ९१ कैदी भागे, ३५ जना पुनःपक्राउ


escapeभारतमा एक युवा सुधार गृहमा सोमबार अनेकौँ तन्ना गाँठोपारी तीन तल्ले भवनबाट ओर्लन प्रयोग गरी दर्जनौँ बन्दी त्यहाँबाट भागेको जानकारी प्रहरीले दिएको छ । मेरठको युवा सुधार केन्द्रबाट जम्मा ९१ बन्दी भाग्न सफल भएको र त्यसमा हत्यामा दोषी प्रमाणित भएका व्यक्ति पनि रहेको जानकारी दिइएको छ । यसो भए पनि ३५ बन्दीलाई पुनः पक्राउ गरिएको जानकारी नगरका प्रहरी अधिकारी ओम प्रकाशले दिनुभयो । उत्तर प्रदेशको मीरुतमा रहेको उक्त युवा सुधारगृहमा प्रहरीले अगाडि तिर सुरक्षा दिएको समयमा यी बन्दीले घरको पछाडि तिर एक झ्यालमा रहेको फलामको जाली निकालेको प्रहरी अधिकारी प्रकाशले बताउनुभयो । उहाँले उक्त कार्य निकै सफल रूपमा गरेको र त्यसको आशङ्का समेत कसैलाई नभएको बताउनुभयो । उहाँले अझै पनि फरार बन्दी हत्या, बलात्कार, चोरी तथा डाका मुद्दामा प्रमाणित अपराधी भएको बताउनुभयो । यी सबै बन्दीको उमेर १८ वर्षभन्दा कम रहेको बताइएको छ । प्रहरीले यी बन्दी रातिको १ः०० देखि ३ः०० बजेसम्म भागेको र गस्तीमा रहेका प्रहरीले केही बन्दीले सार्वजनिक यातायात रोक्न प्रयास गरेको समयमा उनीहरूलाई फेला पारेपछि त्यहाँ सतर्कताको घण्टी बजाइएको जानकारी दिएको छ ।  डिसेम्बर महिनामा यसै सुधार गृहमा बन्दीहरूले एक प्रहरीलाई कुटेर मारेका थिए । ती बन्दीले एक अदालती सुनुवाइमा अश्लील व्यवहार गरेकोमा बिरोध गरेकाले ती प्रहरीलाई मारेको बताइएको छ । भारतमा हाल युवा सुधार केन्द्रहरूमा करिब ३१ हजार यस्ता बन्दी रहेको औपचारिक तथ्याङ्कमा देखिएको छ । रातिको समयमा यी बन्दीलाई बाँधेर ताल्चा लगाउनुपर्ने र सामान्यतया छुट्टै कोठामा राख्नुपर्नेमा शयनकक्षमा सुत्न दिइने गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]