झापामा राजवंशी समूदायबाट दमयन्ती राजवंशी पहिलो महिला प्रिन्सिपल भइन्


झापाको खजुरगाछी उच्च माविको प्राचार्यमा दमयन्ती राजवंशीलाई नियुक्ति गरेको छ । विद्यालय व्यवस्थापन समितिको हालै बसेको बैठकले उहाँलाई नियुक्ति गरेको हो । समितिका अध्यक्ष चन्द्रप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले राजवंशीलाई कार्यभार सुम्पेको जनाइएको छ । राजवंशी समुदायबाट यो पदमा नियुक्त हुनेमा उहाँ सम्भवतः पहिलो व्यक्ति हुनुहुन्छ । राजवंशी अङ्ग्रेजीमा एमए र बीएड उत्तीर्ण हुनुहुन्छ । यसअघि उहाँले सहप्राचार्यका रुपमा कार्यभार सम्हाल्दै आउनुभएको थियो । पूर्वको झापा र मोरङमा मात्र बसोवास गर्दै आएका राजवंशी जाति नेपालको आदिवासी जनजातिमा सूचीकृत छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]