
काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले १६ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ९२० जनाले ज्यान गुमाइसकेका छन्।
शुक्रबार नेपालमा ३५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४०९६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।