देशभर थप ३५ सय १७ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फेसबुकमार्फत दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५१७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।