बंगालको खाडीमा भारतद्वारा मिसाइल प्रहार

एजेन्सी । भारतले एन्टी-सिप मिसाइलको सफल परीक्षण गरेको छ । बंगालको खाडीका रहेको एउटा डुंगालाई लक्षित गरी प्रहार गरिएको मासाइले लक्षित स्थानमा नै आक्रमण गरेको हो ।

भारतको नाै सेनाले यो मिसाइलले लक्षित क्षेत्रमा पूर्ण रूपले सफल आक्रमण गरेको उल्लेख गरेको छ । भारतीय नाैसेनाले शुक्रबार ट्वीट गर्दै मिसाइलको आक्रमणबाट त्यहाँ रहेको डुंगा पूर्ण रूपमा क्षतविक्षत भएको उल्लेख गरेको छ ।

भारतले अक्टोबर २३ मा नै यो मिसाइल लन्च भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियोमा यो मिसाइलको क्षमता उच्चतम बिन्दुमा रहेको समेत उल्लेख गरिएको थियो ।