सांसद निरुदेवी पाल कोरोनामुक्त !

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति तथा सांसद निरुदेवी पाल कोरोना संक्रमणमुक्त भएकी छिन् । २८ असोजमा कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मंगलबार साँझ डिस्चार्ज भएकी हुन् । 

आफ्नो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएर घर आएको उनले फेसबूक स्टाटसमा लेखेकी छिन् । उनले लेखेकी छन्, स्वास्थ्यकर्मी साथिहरु रातदिन मेरो स्वास्थ को चिन्तागर्नुहुने सम्पुर्ण मा फेरि यक पटक नमन गर्न चाहान्छु र म सदैब रिणि रहनेछु सबैमा अन्तरमन बाटै हार्दिक धन्यवाद छ । दशैं मनाउन घर कञ्चनपुर गएका बेला २८ असोजमा कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या भएपछि उनी उपचारका लागि काठमाडौं आएकी थिइन् ।