हिथ्रोलाई जित्यो दुबई विमानस्थलले, एक वर्षमा सात करोडभन्दा बढी यात्रुले प्रयोग गरे दुबई विमानस्थल


airport dubaiसन् २०१४ मा सात करोड चार लाख ७० हजार यात्रुलाई सेवा प्रदान गरी दुबइ अन्तर्राष्ट्रिय विमानस्थलले लन्डनको हिथ्रो विमानस्थललाई विश्वको सबैभन्दा प्रमुख अन्तर्राष्ट्रिय यात्रा केन्द्रको रूपमा प्रतिस्थापन गरेको यसका अधिकारीहरूले बताएका छन् । दुबइ विमानस्थलको गत वर्ष यातायात ६.१ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । यस विमानस्थलले सन् २०१५ मा सात करोड ९० लाख यात्रुले यहाँ सेवा प्राप्त गर्ने अनुमान गरेको छ । दुबइ अन्तर्राष्ट्रिय विमानस्थल मध्यपूर्वको सबैभन्दा ठूलो विमानसेवा इमिरेट्सको केन्द्र हो । यहाँ अबु धाबीको इतिहाद तथा कतार एयरवेजले पनि पश्चिमी मुलुक, एसिया तथा अस्ट्रेलियाका यात्रुको ठूलो भागलाई सेवा प्रदान गरेको छ । हिथ्रोले सन् २०१४ मा छ करोड ८१ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको यस विमानस्थलले जानकारी दिएको छ । यसो भए पनि बेलायती केन्द्रले अझै दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई सङ्ख्याको हिसाबले उछिनेको छ । यदि हिथ्रोको घरेलु यात्रुलाई पनि समावेश गर्ने हो भने यो सङ्ख्या सात करोड ३४ लाख रहेको छ । दुबइ विमानस्थलका अध्यक्ष सेख अहमद बिन सयिद अल माक्तुमले पाँच दशकसम्म दई अङ्कको औसत वृद्धि प्राप्त गर्नु आफैँमा प्रमुख उपलब्धि भएको बताउनुभएको छ । दुबई विमानस्थलका प्रमुख कार्यकारी अधिकारी पल ग्रिफिथले दुबइ विमानस्थलले आफ्नो वार्षिक क्षमता यस वर्ष ९ करोड यात्रुमा पु¥याउने जानकारी दिनुभयो । हाल यहाँ यात्रु आउन र जान नयाँ हलको उद्घाटन हुँदैछ । यो खाडी इमिरेट्सको अर्को विमानस्थल अल–माकतुम अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थल सन् २०१३ मा यात्रुका लागि खुला गरिएको थियो । यो सन् २०२२ मा सम्पन्न हुँदा यसले १२ करोड यात्रुलाई सेवा प्रदान गर्नसक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]