अष्ट्रेलिया डेमा नेपाली झण्डा झल्कियो एडिलेडको सडकमा (तस्वीर पनि)


दक्षिण अष्ट्रेलियामा रहेको एडिलेड नेपाली समाजको अगुवाईमा अष्ट्रेलिया डे परेडमा नेपाली पहिरनसहित सहभागिता जनाएर नेपाली पोशाक, नेपाली संस्कृति र नेपालीपनको प्रबद्र्धन गरिएको छ । सोमबार एडिलेडमा रहेका नेपाली समूदायका सदस्य भिक्टोरिया स्क्वायरको फ्रयांक्लिन स्ट्रिटमा जम्मा भएका थिए । अपरान्ह ४ः३० बजेदेखि करिब ७ बजेसम्म विभिन्न झाँकीका साथ नेपालीहरु रमेका देखिन्थे । एउटा मोटरमा नेपाली झण्डालाई सजाएर गौतम बुद्धको मूर्तिसहितको झाँकी निकालिएको थियो । महिलाहरु साडी चोलोमा तथा पुरुषहरु राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएका थिए । पञ्चेबाजा पनि बजाइएको थियो । केही पुरुषहरुले कम्मरमा खुकुरी भिरेको पनि देखिन्थ्यो । स्थानीय काउन्सिलले अष्ट्रेलिया डेको अवसरमा देशको झण्डासहित आफ्नो मातृभूमिको झण्डा समेत लिएर आउन आग्रह गरे बमोजिम नेपाली समूदायका सदस्यहरु यसरी परेमा सहभागी बनेका हुन् । नेपाली झाँकी र बाजागाजाको प्रबन्ध अन्तर्राष्ट्रिय कलाकार समाज ईनास अष्ट्रेलियाले गरेको थियो । एडिलेड नेपाली समाजले संयोजन गरेको उक्त झाँकीमा एनआरएनए साउथ अष्ट्रेलियासँगै एडिलेडमा क्रियासिल बोटल फर स्कुल, विभिन्न नेपाली खेलकुद क्लव, एडिलेड नेपाली विद्यालय, जनसम्पर्क समिति एडिलेड तथा प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया लगायतका संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो । तस्वीर एडिलेड नेपाली समाज।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]