झापाली समाजले रक्तदान कार्यक्रम गर्दै, २१ फेब्रुअरीमा सुमधूर सांगीतिक साँझ


jhapaliझापा जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले निर्माण गरेको झापाली समाज अष्ट्रेलियाले आगामी फेब्रुअरी ९ तारिखका दिन सिड्नीमा रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाका पदाधिकारीहरुका अनुसार सिड्नीको मार्टिन प्लेसमा रक्तदान गरिनेछ । यसका निम्ति दाताहरुको विवरण लिने काम भइरहेको छ । अर्कोतर्फ, झापाली समाजले आफ्ना विभिन्न गतिविधिहरुमा सघाउने सहयोगी हातहरुको सम्मानार्थ २१ फेब्रुअरीमा सुमधूर सांगीतिक साँझ गर्ने भएको छ । यसकार्यक्रमको प्रमुख आकर्षण लाईभ संगीत हो । स्थानीय कलाकारको प्रस्तुति रहने यसमा तत्कालै गीतको फर्माइस पनि गर्न पाइनेछ । केही समय अघि मात्रै मेलबर्नमा झापाली समाज गठन गरेको संस्थाले अष्ट्रेलियाका अन्य राज्यमा पनि संगठन विस्तार अघि बढाएको अध्यक्ष दिनेश पोखरेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]