मोहना नदीमा भेटियो हराइरहेका प्रहरी जवान साउदको शव

धनगढी । धनगढी हत्या गरिएका प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ । बेपत्ता भएको झण्डै ६० घण्टापछि साउदको शव मोहना नदीमा भेटिएको हो ।

उनीसँगै हत्या गरिएका असई गोविन्द विकको शव भेटिएको ठाउँको केही पर साउदको शव फेला परेको एसएसपी मुकेश सिंहले जानकारी दिएका छन् ।

गत शनिबार रातको समयमा मोटरसाइकलमा गस्तीमा गएका असई विक र जवान सिंह राति ११ बजेदेखि हराएका थिए ।

असईको शव आइतबार फेला परेको थियो भने सोमबार असई बिकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनीहरूको हत्या आशंकामा दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ।