मेलबर्नको सडकमा तीन महिलालाई यौन दुर्व्यवहार गर्ने ४० वर्षीय व्यक्ति पक्राउ !

एक किशोरी र दुई युवतीलाई मेलबर्नको सडकमा यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई भिक्टोरिया प्रहरीले पक्राउ गरेको छ । सडकमा पिछा गर्ने र पछाडिबाट सम्वेदनशील अंगहरु समाउने उक्त व्यक्तिलाई प्रहरीले गएको बिहीबारदेखि खोजी गरिरहेको थियो । निजलाई मेलबर्न सिटीस्थित एक अपर्टमेन्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेलबर्न प्रहरी अन्तर्गतको सेक्सुअल अफेन्स एण्ड चाईल्ड एब्युज ईन्भेष्टिगेसन टिमको टोलीले ४० वर्षीय व्यक्तिलाई सोमबार दिउँसो पक्राउ गरेको हो । उसलाई प्रहरीले बयान लिएको छ भने आज अदालतमा उपस्थित गराइने भएको छ । निजले गत अक्टोबर १५ तारिखका दिन साँझ साढे ५ बजे एक १६ वर्षीय किशोरीलाई निज व्यक्तिले मेलबर्न सिटीको विल्स स्ट्रीटमा दुव्र्यवहार गरेका थिए । निजले किशोरीको नितम्ब र गोप्य अंग क्षेत्रमा कपडा बाहिरबाट नै समातेका थिए ।

सोही दिन राति लाट्रोव स्ट्रीटमा किनमेलका लागि निस्किएका २० वर्षीय दुई युवतीलाई पनि पछाडिबाट नितम्बमा समातेको उजुरी प्रहरीकोमा परेको थियो ।