
काठमाडौं । साताको तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार २ सय रुपैयाँले घटेको छापावाल सुन मंगलबार पनि ९४ हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन पनि नेपाली बजरमा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको शुरु देखि नै स्थिर रहेको चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।