नोकियाले पायो चन्द्रमामा फोरजी जडान गर्ने जिम्मा

एजेन्सी । टेलिकम्युनिकेसन कम्पनी नोकियाले चन्द्रमामा फोरजी नेटवर्क जडान गर्ने भएको छ ।

अमेरिकी स्पेस कम्पनी नासाले चन्द्रमामा फोरजी एलटीई कनेक्टिभिटी जडान गर्ने जिम्मा नोकियालाई हो । यो प्रोजेक्ट १४.२ मिलियन डलरको रहेको बताइएको छ ।

नासाले सोमबार पहिलो सेल्यूलर कनेक्टिभिटीको लागि नोकियालाई कन्ट्रयाक्ट दिएको घोषणा गरेको छ ।

विश्वमा मोबाइलको प्रयोग तथा बजारमा क्रान्ति ल्याएको नोकियाले चन्द्रमामा पनि क्रान्ति ल्याउने नोकियाका अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

नासाले आर्टीमेन प्रोग्रामको रुपमा २०२४ सम्ममा चन्द्रमामा म्यान्ड मिशन पठाउने तयारी गरेको छ ।